Logo

समाचार

दार्चुलामा किशोर किशोरी मृत फेला



दार्चुला । दार्चुलामा एक किशोर र किशोरी मृत फेला परेका छन्। जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टी जाने बाटो बासिडाँडामा अन्दाजी २३र२४ वर्षका  किशोर र किशोरीको शव फेला परेको हो। किशोरीको शव चोटपटक लागेको अवस्थामा फेला परेको छ । किशोरको शव भिरमा अडकिएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले मृतक किशोरी नौगाड गाउँपालिका–४ की सञ्जिता धामी रहेको बताए । उनको शव भन्दा करिब ४०र५० मिटर तल भिरमा किशोरको शव अड्किएको अवस्थामा रहेको छ ।

उनको सनाखत हुन सकेको छैन । सोही ठाउँमा दुई वटा मोबाइल फोन फेला परेका छन् । एउटा फुटाएको र अर्को नफुटाइएको अवस्थामा फेला परेको हो। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका इन्जार्च प्रहरी निरीक्षक गोबिन्द भण्डारी नेतृत्वको टोली घटनास्थलमा छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ७ : ३८ बजे