Logo

अर्थ

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा उमेशलाललाई सुरुआती अग्रता



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षतर्फको मतगणना सुरु भएको छ ।

वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

अहिलेसम्म २०० मतगणना हुँदा उमेशलालले ८० मतसहति अग्रता बनाएका छन् । उनलाई संघईले ६० मत र अञ्जन पनि ६० मतका साथ पछ्याइरहेका छन् ।

जिल्ला नगर, बस्तुगत र एसोसिएटतर्फका उपाध्यक्षहरुको मतगणना सकिएसँगै वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भएको हो ।

 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ९ : ०४ बजे