Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३१ रूपैयाँ ०३ पैसा र बिक्री दर १३१ रूपैयाँ ६३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ २२ पैसा र बिक्री दर १४३ रूपैयाँ ८७ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७० पैसा र बिक्री दर १६३ रूपैयाँ ४४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८९ पैसा र बिक्री दर ३६ रूपैयाँ ०५ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ६ : २६ बजे