Logo

अर्थ

हिमालयन एभरेष्ट इन्स्योरेन्सको एजीएम आज



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारणसभा बुधबार बस्दै छ । कम्पनीले सभामा २.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

साथै, सभामार्फत संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरुको निर्वाचन पनि हुनेछ ।

बोनस सेयर वितरण पश्चात पुँजी बढ्ने हुँदा सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  १० : ५० बजे