Logo

मुख्य समाचार

राष्ट्रपति र प्रधानमन्त्रीलाई श्रमदानका लागि धरानका मेयरको निम्तो



काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले श्रमदानका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निम्ता गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीलाई लेखेको पत्र सार्वजनिक गर्दै उनले श्रमदानको अवलोकन र सहभागिताको लागि राष्ट्रपति र प्रधानमन्त्रीलाई आग्रह गरिएको जानकारी दिए ।

धरानले दशकौँदेखि खानेपानीको समस्या भोग्दै आएको र अहिले खानेपानी ल्याउन श्रमदान अभियान चलेकोमा श्रमदानका लागि आमन्त्रण गरिएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ९ : ०० बजे