Logo

कर्णाली प्रदेश

निर्माण सम्पन्न हुने भाका आउनै लाग्दा काम सुरु नै भएन



सुर्खेत । पश्चिम जाजरकोटको छेडा–चाँदे सडक खण्डको बीचमा रहेको साल्म खोलामा यातायात सञ्चालन गर्ने पुल निर्माण गर्ने भाका नजिकिँदै गर्दा पुल निर्माणको काम नै सुरु गरिएको छैन ।

भौतिक पूर्वाधार कार्यालय जाजरकोटले २०७८ सावन २९ गते नेपाल मेगा सिस्ने जेभी नेपालगन्जसँग ४ करोड ८८ लाखमा पुल निर्माण गर्ने सम्झौता गरेको थियो । सम्झौता मिति अनुसार २०८० माघ भित्र पुल निर्माण गरि पूर्वधार विकास कार्यालयलाई हस्तान्तरण गर्नुपर्ने सहमति रहेको छ ।

निर्माण कार्य पुरा गर्ने झण्डै ९ महिना बाँकी रहदा सम्म पुलको सामान्य काम समेत गरिएको छैन । पूर्वाधार विकास कार्यालयले समेत काम नगर्ने निर्माण व्यवसायीलाई कुनै पनि दवाव नदिएको सरोकारवाला बताउँछन् । यही ठाउँमा हिउँद याममा सजिलै यातायातका साधन सञ्चालन भए पनि वर्षायाममा यातायात सेवा अवरुद्ध हुँदै आएको छ ।

छेडागाड नगरपालिका–१ र ४ को बीचमा रहेको खारास्थित झार्पा खोला पुल सम्झौंता अनुसार काम भएको भए अहिलेसम्म आधा काम भइसक्नु पर्ने थियो । पुल निर्माणको जिम्मेवारी लिएको निर्माण व्यवसायीले काममा चरम लापरबाही र पूर्वाधार विकास कार्यालयले ताकेता नगर्दा पुल निर्माणमा ढिलाई हुँदै गएको हो । पुल निर्माणको भाका नजिक आउदै गर्दा अब म्याद थप गरेर काम गर्न निर्माण व्यवसायीले दबाब दिने निश्चित देखिएको छ । छेडा–चाँदे सडक खण्ड समेत पुलको अभाव नियमित नहुँने सम्भावना बढीरहेको छ ।

तालुक कार्यालय पुर्वाधार विकास कार्यालयले निर्माण व्यवसायीलाई कुनै पनि दवाव नदिदा काममा ढिलासुस्ती भइरहेको स्थानीयबासी रेशम खड्काले बताउनुभयो । छेडागाड नगरपालिकाले केही सामान्य यातायातका साधनहरु सञ्चालन गर्न खोलामा केही पाइपहरु राखेपनि त्यसको समेत प्रभावकारी भूमिका निभाउन सकेको छैन । हिउँदमा धुलाम्य यो सडक खण्ड वर्षायाममा हिलाम्यका साथै भगवानको भरोसामा यातायातका साधनहरु चलाउनु परेको यातायात व्यवसायी प्रविण पुनले बताए ।

पुल निर्माण नहुँदा खोलामा गाडी जवरजस्ती हालेर यातायात सञ्चालन गर्दा धेरै क्षती हुँदै गएको उनले बताए । भौतिक पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख सोहिन्दर यादवले काम नगरेको भए ताकेता गर्ने बताए । यादवले ताकेता गर्ने भनिएपनि कामको गती ज्यूकात्यु हुँदा समस्य हुँदै आएको छ । यो सडकले मध्यपहाडी लोकमार्गसँग जोडने काम गर्दछ । त्यस्तै भेरी करिडोरसँग समेत जाड्ने काम गर्दछ ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ८ : ३२ बजे