काठमाडौं । संघीय सरकारले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको अभिव्यक्ति गैरजिम्मेवार रहेको भन्दै आपत्ति जनाएको छ ।
काठमाडौंका मेयर शाहको निर्देशनमा तीन दिनदेखि सिंहदरबार परिसर र राष्ट्रपति कार्यालयको फोहोर व्यवस्थापन रोकिएका विषयमा मंगलबारको मन्त्रिपरिषद् बैठकमा बालेनको अभिव्यक्ति र फोहोर रोक्ने कदमबारे छलफल भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोहोर नउठाउने महानगरको निर्णयलाई आफूले गम्भीरतापूर्वक लिएको बैठकमा बताएका थिए । सरकारले अरु मुद्दालाई फोहोरमा नमिसाउन आग्रह गर्दै स्थानीय तहको जिम्मेवारीअनुसार काम गर्न समेत आग्रह गरेको छ ।
प्रतिक्रिया