काठमाडौं । बागमती प्रदेशमा मन्त्रिपरिषद बिस्तारको तयारी भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आजै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्।नेपाली कांग्रेस पनि सरकारमा सहभागी हुने भएको छ। तर कांग्रेसले कति मन्त्रालय पाउने भन्ने निश्चित भइसकेको छैन। कांग्रेसका प्रमुख सचेतक कुन्दनराज काफ्लेले अहिले २ जनालाई मन्त्री पठाउने विषयमा कुराकानी भइरहेको सेतोपाटीलाई बताए।
कांग्रेसले आर्थिक मामिला मन्त्रालयमा संसदीय दल नेतासमेत रहेका नुवाकोटका बहादुर सिंह लामा र खानेपानी मन्त्रीमा काभ्रेका तीर्थबहादुर लामालाई पठाउने तयारी गरेको छ। मुख्यमन्त्री जम्कट्टेलले गत चैत १० गते दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत लिएका थिए।
प्रतिक्रिया