Logo

खेलकुद

सहिद स्मारक लिग आज दुई खेल हुदैँ



काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आज दुई खेल हुँदै छन् ।

अपरान्ह २ बजे एन्फा कम्प्लेक्समा जावलाखेल युथ क्लब र खुमलटार युथ क्लब बीच प्रतिस्पर्धा हुनेछ । ६ खेलबाट  १३ अंक जोडेको जावलाखेल लिगको शीर्ष स्थानमा छ भने खुमलटार ६ खेलबाट ६ अंक जोडेर ११ औँ स्थानमा छ ।

यसैगरी सोही समयमा च्यासल मैदानमा मनाङ मर्स्याङ्दी क्लब र फ्रेन्ड्स क्लब भिडने छन् । मनाङ मर्स्याङ्दी ५ खेलबाट ११ अंक जोडेर चौथो स्थानमा छ भने ५ खेलवाट ४ अंकका साथ फ्रेन्ड्स भने १२औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : ०८ बजे