Logo

Breaking News 1

रवि लामिछानेको राहदानी मुद्दाको पेसी भोलिलाई तोकियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा बुधबारलाई पेसी तोकिएको छ । मंगलबार न्यायाधीश सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिलने भन्दै स्थगित भएको हो । न्यायाधीश सिन्हा यसअघि संवैधानिक इजलासमा लामिछानेको सांसद पदको योग्यतासम्बन्धी रिटमाथिको सुनुवाइमा थिए । सो रिटको फैसलामा लामिछानेको नागरिकता तथा राहदानीको विषयमा आफ्नो धारणा दिएका थिए । सोही कारण उनले अहिलेको रिटमाथि आफूले सुनुवाइ नगर्ने निर्णय गरेका हुन् ।सोमबार युवराज पौडेल (सफल)ले लामिछाने विरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए । यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो ।

महान्यायाधीवक्ताको लामिछाने विरुद्ध मुद्दा नचलाउने निर्णय कानुन विपरित रहेको भन्दै पौडेलले रिट दायर गरेका हुन् । पौडेलले यस अघि लामिछानेको सांसद पदको अयोग्यता सम्बन्धी रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्चको संवैधानिक इजलासले लामिछानेको नेपाली नागरिकता पुनप्राप्तिको प्रक्रिया पुरा नभएको भन्दै उनको सांसद पट खारेज गरिदिएको थियो । सोमबार दायर भएको रिटमा लामिछानेले अमेरीकी नागरिक हुँदा हुँदै नेपाली राहदानी प्राप्त गरी राहादनी सम्बन्धी कसुर गरेको पहिले नै स्थापित भएको उल्लेख छ । लामिछानेविरुद्धको सांसद पदको योग्यता सम्बन्धी रिटमा लामिछानेले आफूले अमेरीकी नागरिक रहँदा रहँदै नेपाली राहदानी प्राप्त गरेको स्वीकार गरेका थिए ।

राहदानी प्राप्त गर्दा उनले आफू नेपाली नागरिक नै रहेको विवरण पेस गरि राहदानी प्रापत गरेका थिए । सो कार्य राहदानी ऐन, २०७६ र साविक को राहदानी ऐन, २०२४ बमोजिम राहदानी सम्बन्धी कसुर रहेको भन्दै लामिछाने विरुद्ध राहदानी कसुरमा मुद्दा चलाउन माग गरिएको हो ।

 

प्रकाशित मिति : २१ चैत्र २०७९, मंगलबार  ५ : ०६ बजे