Logo

Breaking News 1

बल्खुमा ट्रकको ठक्करबाट स्कुटर चालक अध्यागमनका अधिकृत पाण्डेको मृत्यु



काठमाडौं । काठमाडौंको बल्खुमा ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ।आइतबार दिउँसो साढे १२ बजे बल्खु चोकमा मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी निरञ्जन भट्टले जानकारी दिए।

अर्घाखाँची छत्रदेव गाउँपालिका-५ चन्द्रागिरि नगरपालिका-१२ सतुंगल बस्ने ३८ वर्षीय भूपति पाण्डेको मृत्यु भएको हो। उनी शाखा अधिकृत हुन्।उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन विभागको कार्यालयमा कार्यरत थिए।

सानेपाबाट कलंकीतर्फ जाँदै गरेको बागमती प्रदेश-०३-००१ ख १७१५ नम्बरको १२ चक्के मालवाहक गाडीले सोही दिशा जाँदै गरेको बा अअ ९८३५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ट्रक तिव्र गतिमा नभएको र स्कुटर अगाडि भएको नदेख्दा दुर्घटना भएको सिसिटिभी फुटेजमा देखिन्‍छ।

ठक्कर पछि गम्भीर घाइते भएका पाण्डेलाई नजिकैको वयोधा अस्पतालमा लगेको डिएसपी भट्टले बताए। अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको उनले बताए। प्रहरीले चालक ४३ वर्षीय ट्रक चालक अर्जुन ढुंगानालाई पक्राउ गरेको छ। घटनाको थप अनुसन्धान प्रहरी वृत्त कालिमाटीबाट हुने परिसरले जनाएको छ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ७ : २२ बजे