Logo

मनोरञ्जन

निर्देसक सागर ओली गायन क्षेत्रमा जम्दै



काठमाडौं । माया प्रेमको भावनालाई समेटेर नयाँ गीत ‘खोलि तरेर’ सार्वजानिक भएको छ । लोकप्रिय गायिका टिका पुन, सागर वली र बाबुराम डागीको आवाजमा रहेको उक्त गीत सागर वलीको अफिसियल युटुब च्यानलबाट सार्वजानिक भएको हो । गीतमा मन्जीत पहाडीको शब्द र खेमराज गौतमको संगीत रहेको छ ।

गायक ओली मोफसलमा हुने म्युजिक भिडियो निर्देसक हुन् । उनले मोफसलमा हुने थुप्रै भिडियोको निर्देसन गरेका छन् । अहिले उनि निर्देसक मात्र नभएर पछिल्लो समयमा गायन क्षेत्रमा समेत जम्दै आएका छन् ।

खेमराज गौतमको संगीत संयोजन रहेको सो गीत आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । विरेन्द्र वलीको निर्देशन रहेको उक्त गीतको भिडियोमा मोडल एमटी महर, चिरञ्जीवी डाँगी, दुर्गा तामाङ र विनीशा अधिकारीको अभिनय रहेको छ ।

सरोज शाहीले छायांकन गरेका भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७९, आइतबार  ८ : ३९ बजे