Logo

Breaking News 1

सरकार र मिटरव्याज पीडितबिच सहमति, आन्दोलन फिर्ता



काठमाडौं । मिटर व्याज पीडित र सरकारबिच सहमति भएको छ । महोत्तरीको बर्दिबासबाट ११ दिन पैदल हिँडेर काठमाडौं‌ आइपुगेका मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति भएको हो ।

सहमतिअनुसार गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसालको संयोजकत्वमा बनेको कार्यदलले गरेको सिफारिसलाई प्रभावकारी कार्यान्वयन हुनेछ ।

यस्तै मिटरब्याज पीडितका समस्या सम्बोधन गर्न अब बस्ने पहिलो मन्त्रिपरिषदको बैठकबाट नै आयोग गठन गर्न सिफारिस गर्ने सहमति भएको छ।

यस्तै पीडितका नियमित उजुरी तथा गुनासोलाई सम्बोधन गर्न प्रमुख जिल्ला अधिकारीको सं‌योजकत्वमा जिल्लाका प्रहरी, सरकारी वकिल, नापी कार्यालय प्रमुख, बैंक तथा वित्तीय संस्थाका प्रतसनसध र मिटरब्याज पीडितको प्रतिनिधि राख्ने र जिल्लास्तरीय समन्वय र सहजीकरण समिति गठन गर्न सरकार समक्ष सिफारिस गर्ने सहमति भएको छ।

आयोग गठनको निर्णयसँगै मिटरब्याज विरूद्धको सं‌घर्ष समिति, नेपालले गर्दै आएको आन्दोलन पनि फिर्ता भएको छ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ८ : १३ बजे