Logo

खेलकुद

आइपीएलमा गुजरातको विजयी शुरुवात



काठमाडौं । आईपीएलको पहिलो खेलमा गुजरात टाइटन्सले विजयी सुरुआत गरेको छ।

साविक विजेतासमेत रहेको गुजरातले शुक्रबार राती चारपटकसम्मको विजेता चेन्नाई सुपरकिंग्सलाई ५ विकेटले पराजित गरेको हो ।

विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशाला अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा चेन्नाईले दिएको १७९ रनको लक्ष्य गुजरातले १९ दशमलव २ ओभरमा पाँच विकेट गुमाउँदै भेट्टाएको थियो।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ९ : ३९ बजे