Logo

Breaking News 1

चुनौतीको चाङमा अर्थमन्त्री महत !



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका सांसद डाक्टर प्रकाशरण महत अर्थमन्त्री नियुक्त भए ।

शुक्रबार उनले पद तथा गोपनियताको सपथ लिएर पदबहाली समेत गरिसकेका छन् । र उनले देशको अर्थतन्त्र चलायमान बनाउने बताएका छन् । उनी आफैले साधारण खर्च समेत राजश्वले धान्न नसक्ने अबस्थामा मुलुक रहेको भन्दै राजश्व संकलन आफ्नो मुख्य काम हुने समेत बताएका छन् ।

मन्त्री महतले आफ्नो कार्यदिशाबारे सार्वजनिक अभिव्यक्ती दिएको भएपनि मुलुकको अर्थतन्त्र भने सहज अबस्थामा छैन । उनी आफैले भनेको जस्तो अहिलेको अबस्थामा नेपालको आफ्नो आन्तरिक स्रोतले कर्मचारीको तलव भत्ता दिनसमेत पुग्दैन ।

चालू आर्थिक वर्ष सकिन अब करिब ४ महिना बाँकी छ । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब बढि राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कअनुसार लक्ष्यको करिब ४३ प्रतिशत मात्रै राजश्व संकलन भएको छ । यता साधारण खर्च भने लक्ष्यको ५५ प्रतिशत खर्च भइसकेको छ ।

यता वैदेशिक अनुदान र ऋण समेत लक्ष्यअनुसार परिचालन हुन सकेको छैन । चालू आर्थिक वर्षमा सरकारले ५५ अर्ब बढि वैदेशिक अनुदान ल्याउने लक्ष्य राखेको थियो । तर महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कअनुसार शुक्रबारसम्म लक्ष्यको ८ प्रतिशत मात्रै सहयोग नेपाल आएको छ ।

यसरी आन्तरिक स्रोतले चालू खर्च समेत धान्न नसक्ने अबस्था एकातिर अर्कातिर बाह्य स्रोत परिचालन समेत सरकार असफल भएका बेला देशको अर्थतन्त्रलाई लयमा फर्काउन चुनौतीपुर्ण देखिएको छ । त्यसोत वैदेशिक मुद्रा सञ्चितिमा आएको बढोत्तरी र विप्रेषण आप्रवाहमा आएको बहावले केही हदसम्म अर्थतन्त्रलाई चलायमान बनाएको देखिएपनि आयातमुखी अर्थतन्त्र भएका कारण पैसा विदेशिने निश्चित छ ।

यस्तोमा राष्ट्रिय पूँजी निर्माणमा मन्त्री महतले धेरै मेहनत गर्नुपर्ने देखिएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७९, शनिबार  ६ : ०० बजे