Logo

Breaking News 1

मन्त्री बन्नेको नाम टुंग्याउन कांग्रेसको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ । ललितपुरको सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा बसिरहेको बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाउने विषयमा छछलफल भइरहेको छ ।

सत्ता गठबन्धनको बैठकमा कांग्रेसलाई आठवटा मन्त्रालय दिने सहमति भएपछि बसेको कार्यसम्पादन समिति बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाउने नेताहरुले जानकारी दिएका छन् । साथै बैठकले आगामी १० वैशाखमा हुने उपनिर्वाचनसहित समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जानकारी दिइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ११ : ३६ बजे