Logo

मुख्य समाचार

सत्ता गठबन्धनको बैठक सुरु



काठमाडौं । सरकारले ल्याउन लागेको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा गठबन्धन दलका शीर्ष नेताहरू सहभागी छन् ।

आज न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिएर मन्त्रालय भागबन्डामा पनि सहमति जुटाउने प्रयासमा दलहरू छन् ।

यसअघि मङ्गलवार साँझ बसेको बैठकमा न्यूनतम साझा कार्यक्रम दलहरूलाई आन्तरिक अध्ययन र सुझावका लागि वितरण गरिएको थियो ।

हिजोको बैठकमा मन्त्रालय बाँडफाँटमा पनि छलफल भएको थियो । तर कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३—३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि सहमति जुट्न सकेन ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : ५८ बजे