Logo

खेलकुद

स्कटल्याण्डद्वारा स्पेन पराजित



काठमाडौं । युरोकप २०२४ को छनोट अन्तर्गत समूह ए को खेलमा स्कटल्याण्डले स्पेनलाई २–० ले पराजित गरेको छ । स्कट म्याकटोमिनेको दुई गोलमा स्कटल्याण्डले स्पेनमाथि सानदार जित निकालेको हो ।

मंगलबार राति घरेलु मैदान हाम्पडेन पार्कमा भएको खेलमा म्याकटोमिनेले सातौं र ५१ औं मिनेटमा गोल गरे ।

स्कटल्याण्डले ३९ वर्षपछि स्पेनलाई हराएको हो । यसअघि १९८४ मा विश्वकप छनोटमा स्कटल्याण्डले स्पेनलाई पराजित गरेको थियो ।

युरोकप छनोटमा लगातार दोस्रो जितपछि स्कटल्याण्ड २ खेलबाट ६ अंकसहित समूह ए को शीर्ष स्थानमा छ ।

स्पेन ३ अंकमा साथ दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १५ चैत्र २०७९, बुधबार  ९ : १५ बजे