Logo

प्रविधि

मस्कको इमेल: टविटरको मुल्य २४ अर्ब डलरले घटयो



काठमाडौं । सोसल मिडिया प्लेटफर्म टविटरको मूल्य २४ अर्ब अमेरिकी डलरले घटेको छ । टविटरका प्रमुख एलन मस्कले मूल्य मस्कले २० अर्ब डलरले मुल्य घटेको बताएका हुन । पाँच महिनाअघि मात्र ४४ अर्ब डलरमा खरिद गरेको टविटर अहिले आधाभन्दा कम मूल्यले घटेको उनले जनाएका हुन् ।

मस्कले कर्मचारीहरूलाई पठाइएको इमेलमा सानफ्रान्सिस्कोस्थित कम्पनीमा नयाँ स्टक क्षतिपूर्ति कार्यक्रम र ट्विटरको छाता कम्पनी एक्स होल्डिङ्सका कर्मचारीहरूलाई शेयर बाँडफाँड गर्ने तयारी गरिरहेको बेला मस्कले उक्त मुल्य उल्लेख गरेर इमेल गरेका हुन । क्षतिपूर्ति योजना सुरू हुन लागेको बेला टविटरको मूल्य २० अर्ब डलर तोकिएको छ ।

आन्तरिक इमेलमा मस्कले ट्विटरको मूल्यमा भएको क्रुर सङ्कुचनको वर्णन गर्दै उनले भनेका छन, ‘ट्वीटरले यस्तो गम्भीर वित्तीय कठिनाइहरूको सामना गर्नुपर्‍यो कि एक बिन्दुमा यो चरम आर्थिक संकटको संघारमा पुगेको छ ।’

मस्कले शनिबार गरेको टविट अनुसार टविटरले प्रति वर्ष तीन अर्ब अमेरिकी डलर गुमाउने जनाएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  १० : ३४ बजे