Logo

खेलकुद

युरो–२०२४ छनोटमा इंग्ल्याण्डको दोस्रो जीत



काठमाडौं । इंग्ल्याण्डले युरो २०२४ छनोटमा लगातार दोस्रो जित निकालेको छ । युक्रेनमाथि २–० को सहज जित निकाल्दै इंग्ल्याण्डले दोस्रो जीत निकालेको हो ।

वेम्बलीमा गएराति भएको छनोट खेलमा इङ्ल्याण्डको जितमा ह्यारी केन र बुकायो साकाले गरेको १–१ गोल नै काफी हुन पुग्यो ।

खेलको पहिलो हाफको ३७ औं मिनेटमा केनले गोल गर्दै इङ्ल्याण्डलाई सुरूआती अग्रता दिलाएका थिए भने त्यसको तीन मिनेटपछि हेन्डर्सनको पासमा साकाले गोल गर्दै इङ्ल्याण्डलाई पहिलो हाफमै २–० को अग्रता दिलाए ।

यता लगातार दोस्रो जित निकालेको इङ्ल्याण्डले समूह सीमा ६ अंक जोड्दै शीर्ष स्थानमा छ भने यसअघि इङ्ल्याण्डले पहिलो खेलमा इटालीलाई हराएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : १० बजे