Logo

मनोरञ्जन

चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली निर्वाचित



काठमाडौं । चलचित्र निर्देशक समाजको कार्यसमिति सर्वसम्मतरुपमा निर्वाचित भएको छ ।

शनिबार सम्पन्न महाधिवेशनले अध्यक्षमा जनकदीप पराजुलीलाई निर्विरोध रुपमा चुनेको हो ।

उपाध्यक्षमा सुवास गजुरेल र दीपशिखा खड्का, महासचिवमा अरुणकुमार प्रधान, सचिवमा देवेन्द्र पाण्डे, कोषाध्यक्षमा समुन्द्र भट्ट र सहकोषाध्यक्षमा राज बस्न्यात चुनिएका छन् ।

सदस्यहरुमा दीपक वली, सौरभ चौधरी, अम्बर ओली, सत्यराज चौलागाई, उत्सव केसी र अमृतमान महर्जन निर्विरोध चुनिए ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  १० : २५ बजे