Logo

Breaking News 1

कहाँ अल्झियो मन्त्रिमण्डल विस्तार !



काठमाडौँ । महत्वपुर्ण मन्त्रालयमा धेरै दलको दाबीका कारण सरकार विस्ता।मा समस्या उत्पन्न भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले चाडै मन्त्रिपरिषद विस्तार गर्ने बताइरहे पनि आफ्नै दल र अन्य दलहरूबाट मन्त्री छनौट गरेर सरकारमा पठाउन सकेका छैनन् ।

काँग्रेस, नेकपा एकीकृत समाजवादी र अन्य दलहरूले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सम्मानजनक सहभागिता खोजिरहेका छन् । कांग्रेसले अर्थ, गृह मन्त्रालयमा दाबी गरिरहेका बेला नेकपा एकीकृत समाजवादीका नेताहरुले समेत गृह अथवा अर्थमध्ये एक मन्त्रालयसहित सम्मानजनक सहभागिता हुनुपर्ने सर्त अघि सारेको छ ।

यता नेकपा माओवादीले पनि सकेसम्म अर्थ नभए पनि गृह चाहिँ छाड्ने मुडमा छैन । नेताहरुका अनुसार आइतबारसम्म सहमति भएर सोमबार सरकारलाई पूर्णता दिने दलहरुको तयारी छ ।

यता जसपा र रास्वपा पनि सरकारमा सहभागी हुन खोजिरहेका छन् । लोसपाले सरकारमा जाने निर्णय गरिसकेको छ । प्रभु साह र अमरेशकुमार सिंहलाई पनि सामेल गर्नुपर्ने अबस्थामा प्रधानमन्त्री दाहाल रहेका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ९ : ०७ बजे