Logo

Breaking News 1

मन्त्रालयको भागबण्डाबारे प्रारम्भिक छलफल शुरु, कसरी जुट्ला सहमति ?



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार विस्तारका बारेमा सत्तासाझेदार दलहरुसँग औपचारिक छलफल शुरु गरेका छन् ।

बुधबार बेलुका बसेको सत्तासाझेदार दलहरुको बैठकमा सरकार विस्तारका बारेमा प्रारम्भिक चरणको छलफल शुरु भएको हो । बैठकमा धेरै विषयमा छलफल नभएको तर सरकार विस्तारका बारेमा प्रारम्भिक छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् ।

सत्ता साझेदार दलहरुका बिचमा बैठक शुरु भएपनि अहिलेसम्म मन्त्रालय भागबण्डाका विषयमा भने ठोस सहमति भइसकेको छैन । अहिलेको गठबन्धनमा आवद्ध सानो तर निर्णायक देखिएको नेकपा एकीकृत समाजवादीले गृह मन्त्रालय पाउनुपर्ने दाबी अघि सारेको छ ।

नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री मेटमणि चौधरीले गृह मन्त्रालयसहित ३ मन्त्रालय पाउनुपर्ने दाबी आफ्नो दलको रहेको बताएका छन् । यता प्रधानमन्त्री पुष्पकमल दाहालले भने गृह आफ्नै पार्टीको नेतालाई जिम्मा दिन खोजेका छन् ।

अर्कातर्फ सत्तासाझेदार दलमध्येको र संसदको समेत सबैभन्दा ठुलो दल नेपाली कांग्रेसलाई अर्थ अथाव गृहसहितका महत्वपुर्ण मन्त्रालय दिनुपर्ने अबस्थामा प्रधानमन्त्री छन् । तर गृहसहितका शक्तिशाली मन्त्रालयहरुमा सत्ता साझेदार दलको आ–आफ्नै दाबी रहेका कारण प्रधानमन्त्री दाहाललाई मन्त्रालयको भागबण्डा मिलाउन भने सकस देखिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : २१ बजे