Logo

समाचार

झापामा बलेरोको ठक्करवाट ४० बर्षिया राईको मृत्यु



झापा । झापामा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राईको बलेर ठक्करवाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार  मंगलबार राति १० बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको हो ।

सो दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका–२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई भने प्रहरीले बुधबार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको छ ।

गाडीसहित पक्राउ परेका चालक तामाङलाई आवश्यक कारबाहीका प्रक्रिया अघि बढाईएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  १० : ३१ बजे