Logo

विश्व

अफगानिस्तानको भुकम्प नयाँ दिल्लीमा महशुश



नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीसहित उत्तर भारतभर शक्तिशाली भूकम्पको धक्का महसुश भएको छ ।  भारतीय सञ्चारमाध्यमका अनुसार अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पको धक्का राजधानी नयाँ दिल्लीमा पनि महशुश गरिएको हो ।

भारतीय भूगर्भविभागका अनुसार मंगलबार राति १०:१७ मिनेटमा भूकम्पको झड्का महसुश भएको थियो ।

भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै जानकारी प्राप्त भएको छैन । रातको समयमा भूकम्प गएसँगै प्रभावित क्षेत्रमा उद्दारकर्ता खटाउन लागिएको समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ८ : ४२ बजे