Logo

मनोरञ्जन

जान थाले पल शाह सार्वजनिक कार्यक्रममा



काठमाडौं । अभिनेता पल शाह सार्वजनिक कार्यक्रममा सहभागी हुन थालेका छन् । यौन दुर्व्यवहारको अभियोगमा एक वर्ष कैदी जीवन बिताएपछि गत १५ फागुनमा निर्दोष सावित हुँदै जुटेका पल रुकुममा हुने सार्वजनिक कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

मुसिकोटमा जारी रूकुम महोत्सवमा सहभागी हुन बुधबार पल त्यसतर्फ हेलिकप्टरमा गएको तस्बिर उनले सार्वजनिक गरेका छन् । बुधबार साढे १ बजे हेलिकप्टरमा चढेको तस्बिर पोष्ट गर्दै उनले फेसबुकमा ‘हेलो रुकुम लेखेका छन् ।
 

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ३ : १४ बजे