Logo

मनोरञ्जन

चर्चित नायिका रेजिना उप्रेती चलचित्र कलाकार संघको अध्यक्षमा भिड्दै, जीतको नजिक



काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा चर्चित तथा सफल अभिनेत्री रेजिना उप्रेतीले उमेद्वारी दिएकी छिन् । रेजिनाले शनिवार पदको लागी उमेद्वारी दर्ता गराएकी हुन । विगत २४ वर्ष देखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिना ८ बर्ष देखि कलाकार संघको कार्यकारी समितिमा रहेका काम गरिरहेकी छिन् ।

रेजिनाले एक कार्यकाल उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रही काम गर्दै आएकी छिन् । रेजिनाले आफुले कलाकारिता क्षेत्रमा गरेको योगदान र कलाकारको हकहितमा गरेका कार्यलाई आगामी दिनमा निरन्तरता दिने प्रतिबद्धता समेत गरेकी छिन् । उनले आफुले घोषणा पत्र तयार पारेको र सवै कलाकारको अगाडी उक्त योजना राख्ने समेत बताएकी छिन् ।

जनचेतनामुलक टेलिसिरियल चेतना बाट अभिनय यात्रा सुरुवात गरेकी रेजिनाले ७० बढी चलचित्रमा अभिनय गरेकी छिन् । म्युजिक भिडीओय, सोसल डकुमेन्ट्री र विज्ञापनमा अभिनय गरेकी रेजिनासंगै कलाकार मोहन निरौला पनि अध्यक्ष पदमा उमेदवार रहेका छन् । रेजिनाले बरदान, चिनो, दुर्गा, आफ्नो मान्छे, अग्निपथ, कर्णविर लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।

प्रकाशित मिति : १ चैत्र २०७९, बुधबार  ९ : ४५ बजे