काठमाडौं । जापानमा रोजगारसम्बन्धी सेवामा काम गर्दै आएको प्लेन्टीले नेपालमा समेत शाखा स्थापना गरेको छ । जापानमा एकदशक भन्दा बढी समय बिताएका ज्ञानेन्द्र भट्टले प्लेन्टीको नेपाल शाखाको स्थापना गरेका हुन । काठमाडौंको शंखमुलमा स्थापना भएको प्लेन्टीले रोजगारका रुपमा जापान जाने कामदारलाई आवश्यक परामर्श निस्शुल्क रुपमा उपलब्ध गराउनेछ । प्लेन्टीको नेपाली शाखाको शनिबार एक कार्यक्रमबीच प्लेन्टी कम्पनीका अध्यक्ष एव प्रमुख कार्यकारी अधिकृत रयोता अवाले उद्रघाटन गरेका हुन ।
नेपाल शाखा प्रमुख ज्ञानेन्द्र भट्टले पछिल्लो समय रोजगारको शिलशिलामा जापान जाने नेपाली कामदारको संख्या बढदो क्रममा देखिएपछि आवश्यक परामर्शका लागि प्लेन्टी शाखाको स्थापना गरिएको बताए । करिब १लाख २० हजार नेपाली जापानमा रहेको र आवश्यक परामर्श नभएका कारणले रोजगारीको बाहानामा ठगी हुने गरेको पाइएको बताउदै भट्टले भने ‘प्लेन्टीमार्फत जापानमा रोजगारी सम्बन्धी आवश्यक परामर्श काठमाडौंमा नि:शुल्क उपलब्ध गराउनेछौं ।’ भट्टले जानकारी गराएनुसार प्लेन्टीको नेपाली शाखाले जापानमा आवश्यक कामदार, कामको प्रकृति, आवश्यक कागजात, जाने प्रक्रियालगायतका परामर्श नि:शुल्क रुपमा कामदारलाई उपलब्ध गराउनेछ । ‘जापानमा दक्ष कामदारको अभाव छ । संसारभरिबाट कामदारका रुपमा जापान जानेको संख्या बढदो छ त्यसमा नेपाल पनि पर्दछ,’ एनआरएनए जापान ओकिनावाका सयोजकसमेत रहेका भट्टले भने, ‘तर उचित परामर्शको अभावमा धेरै पैसा खर्च गरेर जापान पुग्ने नेपाली ठगिएका छन, त्यसैका लागि परामर्श दिने उद्देश्यले शाखाको स्थापना गरेका हौ ।’ प्लेन्टीले नि:शुल्क रुपमा रोजगारसम्बन्धी सेवाको काम गर्दै आएको छ । नेपाल शाखाको स्थापनाले दक्ष कामदारले सहजै जापानमा रोजगारीको अवसर नि:शुल्क रुपमा प्राप्त गर्नै प्लेन्टी नेपालले जनाएको छ ।
प्रतिक्रिया