Logo

Breaking News 1

अभिनेता पल शाहको रिट निवेदनमा आज सुनुवाइ हुँदै



काठमाडौं । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध आफूलाई सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुँदै छ । नाबालिगलाई जबर्जस्ती करणी गरेको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ । सो फैसलाविरुद्ध सफाइ पाउनुपर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन गरेका हुन् ।

उता सरकारी वकिल पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन् । आज दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको हो ।

पलका अधिवक्ता कमलामोहन वाग्लेले आफूहरू पेसी सार्ने पक्षमा नरहेको बताएका छन् । हाल पल शाह तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ ।

२०७८ फागुन ११ गते उनीविरुद्ध जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो । त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए । पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको थियो । तर फैसला नवलपुर अदालतले पहिले गर्‍यो ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  ८ : २० बजे