Logo

समाचार

प्रधानमन्त्रीको पहलमा आगलागीका २ घाइते हेलिकप्टरवाट काठमाडौं ल्याइएयो


१३ फाल्गुन २०७९, शनिबार  

0
Shares

काठमाडौं । आगलागीमा परेर सिकिस्त भएका अछामको पञ्चदेवल विनायक नगरपालिका दुईजना युवाहरूलाई  प्रधानमन्त्री कार्यालयको पहलमा थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

गत ११ फागुनमा  घरमा नै आगलागीमा परेपछि पञ्चदेवल बिनायक नगरपालिका–८ कोसेडी निवासी हिमराज रोका मगर र पिरम रोकामगर गम्भीर घाइते भएका थिए। जिल्लामा उपचार सम्भव नभएपछि उनीहरूलाई सुर्खेत अस्पतालमा भर्ना गरिएको थियो।

घाइतेमध्येहिमराजको शरीर ८० प्रतिशत भाग जलेको छ भने पिरमको ३६ प्रतिशत जलेको छ। सुर्खेत अस्पतालले समेत उपचार गर्न नसक्ने र काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान सिफारिस गरेपछि पीडित परिवारले उद्धारका लागि पहल गरिदिन प्रधानमन्त्री प्रचण्डसमक्ष अपील गरेका थिए।

प्रधानमन्त्री कार्यालयले घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै पीडितहरूलाई तत्काल अस्पताल पुर्‍याउन निर्देशन दिएपछि गृह मन्त्रालयको समन्वयमा नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौं ल्याइएको हो।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार  ४ : ४८ बजे