Logo

Breaking News 1

टर्कीमा फेरि ६.४ म्याग्निच्युडको भूकम्प


९ फाल्गुन २०७९, मंगलबार  

391
Shares

काठमाडौं । टर्कीमा फेरि शक्तिशाली भूकम्प गएको छ । दक्षिण टर्कीमा सोमबार ६.४ म्याग्निच्युडको भूकम्प गएको हो।

टर्कीको प्रकोप तथा आपतकालीन निकाय अफादका अनुसार सोमबार स्थानीय समय अनुसार २०:०४ मा भूकम्प गएको हो ।

प्रत्यक्षदर्शीहरूले रोयटर्स समाचार एजेन्सीलाई भूकम्पले अन्टाक्यामा क्षति पुगेको बताएका छन् ।

फागुन ६ गते गएको ७.८ म्याग्निच्युडको भूकम्प गएको करिब तीन सातापछि यो भूकम्प आएको हो ।

फेब्रुअरी ६ मा गएको भूकम्पले टर्की र सिरियामा ४४ हजारभन्दा बढी मानिसको ज्यान लिएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७९, मंगलबार  ७ : ३१ बजे