काठमाडौँ । अनेरास्ववियुको २३ औ महाधिवेशन विधिवत सम्पन्न भयको छ । महाधिवेशनबाट समिक बडालको अध्यक्षतामा नयाँ केन्द्रीय कमिटी निर्वाचित गरिएको छ ।
नयाँ निर्वाचित कमिटीलाई आज दिउँसो ३ बजे नेकपा एमाले पार्टी कार्यालयमा शपथ ग्रहण गराइनेछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनेछन् । शपथ ग्रहणपछि नयाँ कमिटीको पहिलो बैठक पनि पार्टी कार्यालय च्यासलमा नै बस्नेछ ।
महाधिवेशनबाट अध्यक्षमा समिक बडाल, उपाध्यक्षहरूमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती , मर्यादा बिष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा नरेश रोकाया, सचिवहरूमा सञ्जीव धिताल, दीपक धामी, डा। सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाई, अन्जना सिवाकोटी, आरति भट्टराई, विनिता काफ्ले निर्वाचित भएका छन । त्यस्तै कोषाध्यक्षमा संगम अर्याल निर्वाचित भएका छन् ।
फागुन २ गतेदेखि सुरु भएको महाधिवेशनमा १५१७ जनाले मतदान गरेका थिए । महाधिवेशनले २ वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।
प्रतिक्रिया