Logo

समाचार

पशुपंक्षी कल्याण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न



काठमाडौं । लामो समय देखि पशु कल्याणकाे क्षेत्रमा काम गरि रहेको एनिमल नेपालको आयोजनामा पशुपंक्षी कल्याण सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मिडिया मार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन सोमबार काठमाडौंमा एनिमल नेपालले मधु कट्टेलको संयोजकत्वमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको हो ।

संस्थाले पशुकल्याणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको कार्यक्रम प्रमुख सुलोचणा राणाले बताईन । अण्डा उत्पादन गर्ने कुखुरा पिंजडामुुक्त हुनुुपर्ने राणाले बताइन । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पशुपंक्षीको स्वास्थ्यमा ध्यान दिन सम्बन्धित निकायलाई उनको आग्रह छ । पशुपंक्षीको खाना र बासस्थानबारे उपभोक्ताले पनि जानकारी लिनुपर्ने उनले बताइन ।

कार्यक्रम संयोजक मधुु कट्टेलले अण्डाको उत्पादन मिति र एक्स्पाएरी मिति तोकेर मुल्य निर्धारण गर्नुपर्ने बारे आफ्नो संस्थाले जनचेतना कार्यक्रमहरु अघि बढाइरहेको बताइन । उपभोक्ताले पनि आफुले खाने अण्डाको स्थितिबारे चासो राख्नुपर्ने उनको भनाई छ ।

एनिमल नेपाल पशुपन्छीलाई दुख पिडा र मानव सिर्जित क्रुरताबट छुटकारा दिने लक्ष्य बोकी सन् २००९ मा स्थापना भएको हो । एनिमल नेपाल यो लक्ष्य प्राप्त गर्न, एनिमल नेपालले पशुपन्छीको उद्धार लगायत विभिन्न अनुसन्धान, चेतना मुलक अभियान तथा वकालतको काम गर्ने गरेको छ । पशु कल्याणबारे सामाजिक शिक्षा प्रदान गरी, धेरै मानिसहरुको मनोवृतिमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको एनिमल नेपालको दाबी छ । एनिमल नेपालले विशेष गरी गोर्खा, काठमाडौं, ललितपुर, धादिङ, कैलाली, बाँके, लगायत जिल्लामा पशु कल्याण सम्बन्धी कार्यक्रम सन्चालन गर्दै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ७ : ११ बजे