Logo

अर्थ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौँ । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ०३ पैसा र बिक्री दर १३२ रूपैयाँ ६३ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ४६ पैसा र बिक्री दर १४२ रूपैयाँ ११ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ३६ पैसा र बिक्री दर १५९ रूपैयाँ ०८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ १३ पैसा र बिक्री दर ३६ रूपैयाँ ३० पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ६ : १९ बजे