काठमाडौं । आइतबार राति भएको खेलमा इन्टर मिलानले एसी मिलानलाई १–० गोल अन्तरले हराएको हो ।
जितसँगै इन्टर मिलानले शीर्ष स्थानको नापोलीसँगको अंक दूरी कम गरेको छ। इन्टर मिलानको २१ खेलबाट ४३ अंक छ। समान खेलबाट नापोलीको भने ५६ अंक छ। इन्टर नापोलीभन्दा १३ अंकले पछि छ। हारसँगै एसी मिलान छैटौँ स्थानमा झरेको छ। एटलान्टा भने पाँचौँ स्थानमा पुगेको छ ।
मिलानका पूर्व मिडफिल्डर हाकान काल्हानोग्लुले कर्नरबाट दिएको पासलाई कप्तान मार्टिनेजले होडर गोल गर्दै बललाई उत्कृष्ट फिनिसिङ दिए ।
खेलमा इन्टरले २ गोल गरेपनि रेफ्रिले भिएआरको सहायता लिँदै गोलको मान्यता दिएनन् ।
गएराति भएकै अर्को खेलमा शीर्ष स्थानको नापोलीले स्पेजियालाई ३–० को फराकिलो अन्तरले हरायो । अर्को खेलमा टोरिनोले उडिनेसेलाई १–० तथा बोलोज्नाले फियोरेन्टीनालाई २–१ गोलले हराए । जितसँगै टोरिनो सातौँ स्थानमा पुगेको छ ।
प्रतिक्रिया