काठमाडौं । बुन्डेस लिगा च्याम्पियन बायर्न म्युनिखले स्विटजरल्यान्डका गोलरक्षक यान सोमरलाई अनुबन्ध गरेको छ । बायर्नले आगामी २ वर्षका लागि सोमरलाई ९.५ मिलियन युरोमा क्लबमा अनुबन्ध गरेको हो ।
३४ वर्षिय सोमरले स्वीटजरल्याण्डका लागि ८० खेल खेलेका छन् ।
बार्यनका मुख्य गोलरक्षक म्यानुएल नोएर चोटका कारण टोली बाहिर रहेपछि बार्यनले सोमरलाई अनुबन्ध गरेको हो। नोयरको गत डिसेम्बरमा स्की खेल्ने क्रममा खुट्टा भाँचिएको थियो ।
बार्यनमा अनुबन्ध भएपछि सोमरले भने, ‘म नयाँ चुनौतीमा लागि धेरै उत्साहित छु।’
उनले थपे, ‘हाम्रो अगाडि धेरै चुनौतीहरु छन् तर मैले नयाँ टिमका साथीहरुसँग कसरी नजिक रहेर काम गर्न र आउने सबै चुनौतीका लागि उत्सुक छु।’
प्रतिक्रिया