Logo

मनोरञ्जन

पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै



काठमाडौं । बाल यौन दुरुपयोगको आरोपमा थुनामा रहेका नायक पल शाहको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै छ। पलका वकिल कमला मोहन वाग्लेका अुनसार तनहुँ जिल्ला अदालतमा आज सनुवाइ हुने भएको हो ।

यसअघि पटक पटक पेशी तोकिएपनि स्थगित हुँदै आएको थियो । तर आज पलको तर्फबाट स्थगित नगराउने र सुनुवाई हुने सम्भावना रहेको वाग्लेले बताए ।

पल नाबालिक बलात्कारको आरोपमा छन् । उनी अहिले तनहुँ कारागारमै छन् । यही आरोपको मुद्दा नवलपुर जिल्ला अदालतमा पनि दर्ता भएको थियो । जिल्ला अदालतले नवलपुरले भदौ २१ गते फैसला गर्दै उनलाई बलात्कारको आरोपमा सफाइ दिएपनि बाल यौन दुरुपयोगकको कसुरमा अढाई वर्ष जेल सजायको फैसला भएको छ ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ११ : ०५ बजे