Logo

समाचार

उद्दारमा कुनै कमजोरी नगर्न प्रधानमन्त्रीको निर्देशन



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको उद्दारमा कुनै कमजोरी नगर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् । विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको ुरेस्क्यु कोअर्डिनेसन सेन्टरु पुगेर प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रेमनाथ ठाकुरले विमान दुर्घटनामा संलग्न सुरक्षा निकायका अधिकारी र कर्मचारी उद्दारकर्ताहरूलाई कुनै पनि कमजोरी र ढिलाइ नगर्न प्रधानमन्त्री दाहालले भनेका थिए । रेस्क्यु कार्य चलिरहेको छ । केही शव निकालिसकेको अवस्था छ । खोँचमा भएकाले उद्दार कार्यमा कठिनाइ भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्दार कार्य गरिरहेको छ, ठाकुरले भने, प्रधानमन्त्री र गृहमन्त्रीले रेस्क्यु कोअर्डिनेसन सेन्टरमा आएर उद्दारमा के भइरहेको छ भन्ने हेर्नुभएको छ । उद्दारमा को को संलग्न छन् भन्ने पनि बुझ्नुभएको छ । प्रधानमन्त्रीले उद्दारमा अलिकति पनि कमजोरी नहोस् भन्नुभएको छ ।
दुर्घटनामा परेर जिवित रहेकाहरूलाई तत्काल अस्पताल पुर्‍याउन पनि प्रधानमन्त्रीले निर्देशन दिएका थिए । प्रधानमन्त्रीले दुर्घटनामा परेकाको विस्तृत विवरण बेलाबेला आफूलाई दिन निर्देशन दिएको पनि ठाकुरले बताए । प्रधानमन्त्रीले साढे १ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  १ : २५ बजे