Logo

विश्व

न्युयोर्क पुगेका बोल्सोनारोको भिसा रद्द गर्न डेमोक्र्याट सांसदको माग



न्युयोर्क । अमेरिकामा डेमोक्रयाटिक सांसदहरूले राष्ट्रपति जो बाइडेनलाई ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारोको भिसा रद्द गर्न आह्वान गरेका छन् ।  ब्राजिलको नवनिर्वाचित सरकार विरुद्ध दंगामा संलग्न कसैलाई पनि शरण दिन नहुने उनीहरुले बताएका छन् ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका नजिकका सहयोगी बोल्सोनारो जनवरी १ मा राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको उद्घाटन समारोहमा उपस्थित हुनुको सट्टा फ्लोरिडा गए र अक्टोबर चुनाव बारेमा आधारहीन आरोप लगाएका थिए ।

बोल्सोनारोलाई समर्थन गर्ने दंगाकारीहरूले आइतवार ब्राजिलियामा राष्ट्रपतिको दरबार, सर्वोच्च अदालत र संसदमा तोडफोड गरेका थिए ।

प्रकाशित मिति : १ माघ २०७९, आइतबार  ११ : ०९ बजे