Logo

अर्थ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ५६ पैसा र बिक्री दर १३१ रूपैयाँ १६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ २३ पैसा र बिक्री दर १४० रूपैयाँ ८८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९७ पैसा र बिक्री दर १५९ रूपैयाँ ८८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७५ पैसा र बिक्री दर ३५ रूपैयाँ ९१ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७९, बुधबार  ६ : २६ बजे