Logo

खेलकुद

चौथो चरणमा म्यानचेस्टर सिटी र आर्सनल भिड्ने



काठमाडौं । आर्सनलले एफए कपको चौथो चरणमा म्यानचेस्टर सिटीसँगको भेट पक्का गरेको छ । सोमबार राति अक्सफोर्डमाथि ३–० को सहज जितसहित आर्सनल चौथो चरणमा प्रवेश गरेको हो ।

सिटीले आइतबार चेल्सीमाथि ४–० को जितसहित चौथो चरणमा स्थान बनाएको थियो । आर्सनल प्रिमियर लिगको पछिल्लो खेलमा न्युक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो । प्रिमियर लिगमा आर्सनलले शीर्ष स्थानमा साबिकको विजेता सिटीलाई पाँच अंकले पछि पारेको छ ।

एफए कपअन्तर्गत सोमबार राति खेलको ६३ औं मिनेटमा मोहम्मद इल्नेसको गोलमा आर्सनलले अग्रता लिएको थियो । त्यसको सात मिनेटपछि नै इडी एनकेइटाले गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारेका थिए । ७६औं मिनेटमा एनकेइटाले आर्सनलको अग्रता ३–० मा पुर्याएका थिए ।

प्रकाशित मिति : २६ पुस २०७९, मंगलबार  ९ : २१ बजे