Logo

प्रदेश

बागमती प्रदेशसभा बैठक आज बस्दै



मकवानपुर । बागमती प्रदेशसभाको बैठक सोमबार बस्दैछ । औपचारिक रुपमा प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो बैठक आजका लागि आह्वान गरिएको हो । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले आजका लागि बैठक आह्वान गरेका हुन् । प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले गर्नेछन् ।

संविधानको धारा १८३ अनुसार प्रदेशसभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्थामा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य ढुंगानाले गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : २७ बजे