Logo

समाचार

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु



धनगढी । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ६ मा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय दीपकबहादुर श्रीमालको मृत्यु भएको हो । प्रहरीका अनुसार नगरपालकाको वडा नम्बर ६ टाउन बजारमा बुधबार बिहान से ५ प ७१०१ नम्बरको मोटरसाइकल दुर्घटनाहुँदा श्रीमालको मृत्यु भएको हो ।

श्रीमाल पुनर्वास नगरपालिका ५ का कार्यालय सहयोगी हुन्। उनको मृत्युको शोकमा नगरपालिकाले सार्वजनिक बिदासमेत दिएको थियो ।

प्रकाशित मिति : १३ पुस २०७९, बुधबार  ९ : ४८ बजे