काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-२ डाडाँ टोलमा कुटपिटको कारण एक पुरुषको मृत्यु भएको छ । २९ वर्षीय मिनबहादुर तामाङले मादक पदार्थ सेवन गरी सोहि ठाँउ बस्ने वर्ष १८ की पासाङ लामा शेर्पालाई अस्लिल शब्द प्रयोग गरी गालि गरेको विषयलाई लिएर विवाद सुरु भएको थियो ।
पासाङ लामा शेर्पा र उनको श्रीमान् राजुलामा तामाङले मिन बहादुर तामाङलाई गम्भीर घाइते हुने गरी कुटपिट गरेका थिए ।
शनिबार बिहान साढे ४ बजे घाइते मिनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिटमा सम्लग्न पासाङ लामा शेर्पा र उनका श्रीमान् राजु लामा तामाङलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय वाह्रविसेमा राखिएको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया