मेलवर्न । फार वेस्टर्न नेप्लिज सोसाइटी अफ भिक्टोरियाको अध्यक्षमा नरेश रावल चयन भएका छन् । आइतवार सम्पन्न भएको साधारण सभा तथा अधिवेशनले रावलको अध्यक्ष्ँतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा दीप चन्द र लक्ष्मण सन्ज्याल चयन भएका छन् ।
त्यस्तै सचिवमा मनोज खड्का, सहसचिबमा विक्रम कुवँर, कोषाध्यक्षमा सुनिल खड्का, सहकोषाध्यक्षमा राशिसिंह ठकुरीले जिम्मेवारी पाएका छन् ।
सदस्यहरुमा भने सुरेश जोशी, केशव पन्त, सरला शाही, महेन्द्र सिंह महरा, प्रतिभा शाह चयन भएका छन् भने खेल संयोजकको रुपमा धिरेन्द्र कुँवर र सहसंयोजकमा प्रदीप कुँवर चयन भएका छन् ।
सल्लाहाकारहरु डा। महेश भण्डारी र सुवास कुँवर लगायत अन्य नेपाली समुदायका नेतृत्वहरुको उपस्थ्तिीम सम्पन्न भएको सो साधारणसभामा नयाँ कार्यसमितिलाई बधाईसहित सफल कार्यकालको शुभकामना दिइएको थियो ।
उक्त अवसरमा नवगठित कार्यसमितिलाई निवर्तमान अध्यक्ष महादेव धानुकले वधाई दिदै संस्थाले निर्दिष्ट गरेको लक्ष्य प्राप्तिमा अझै प्रभावकारी भूमिका खेल्न शुभकामना दिए । उनले अध्यक्षको रुपमा आफूले आफ्नो कार्यकालमा गरेको प्रतिवेदन सभासमक्ष पेश गरेका थिए भने निवर्तमान सचिव यकेन्द्र तिमिल्सिनाले आर्थिक प्रतिवेदन पेश गरे ।
भिक्टोरिया क्षेत्रमा बस्दै आइरहेका नेपाली पश्चिमेलीहरुको नेतृत्व गर्दै एकआपसमा सदभाव, एकता कायम गर्नेगरी २०१७ मा संस्थाको स्थापना भएको थियो ।
त्यस्तै संस्थाले आगामी दिनमा विभिन्न सिर्जनात्मक, सामूहिक र रचनात्मक कार्यक्रमहरु गर्र्दै अघि बढ्ने समेत प्रतिवद्धता जनाएको छ ।
प्रतिक्रिया