Logo

अर्थ

७ प्रतिशत नगद लाभांश दिने पाँचथर पावर कम्पनीको घोषणा



काठमाडौं । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीको बिहीबार बसेको सञ्चालकक समितिको बैठकले ०७८/७९ वर्षको संचित नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत करसहित लाभांश दिने भएको छ।

साथै कम्पनीको वार्षिक साधारणसभाबाट पारित भएसँगै लाभांश वितरण गर्ने उक्त बैठमा निर्णय भएको हो ।

कम्पनीको हालको चुक्ता पुँजी ९६ करोड २५ लाख रहेको र उक्त चुक्ता पुँजीको नगद लाभांश ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबर लाभांश वितरण गर्ने भएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  १ : १३ बजे