Logo

Breaking News 1

कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्दै, सरकार गठनका विषयमा छलफल हुने



काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा भोलि (शनिबार) १ बजे बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठकमा निर्वाचनको समीक्षासहित भावी सरकार गठनका विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २३ मंसिर २०७९, शुक्रबार  ६ : ५० बजे