Logo

विश्व

स्पेनमा दुई वटा रेल ठोकिदा १५० जना घाइते



म्याड्रिड । बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एक रेल अर्कोको पछाडि दौडिँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका स्पेनको रेन्फे रेल अपरेटरले जनाएको छ । दुर्घटनाको समयमा रेल सुस्त गतिमा रहेको जनाइएइको छ । घाइतेमध्ये अधिकांको शरिरमा सामान्य दाग र निलो डाम रहेको जनाइएको छ । घाइेमध्ये ३९ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

बार्सिलोनाबाट करिब १० किलोमिटर (छ माइल) उत्तरमा रहेको मोन्टकाडा स्टेसनमा गुडिरहेको रेलले एक स्थिर रेललाई ठक्कर दिएको एक क्षेत्रीय अग्नि सेवा प्रवक्ताले पत्रकारहरूलाई बताए ।

प्रकाशित मिति : २२ मंसिर २०७९, बिहिबार  ७ : ४५ बजे