Logo

Breaking News 1

दोलखामा रोचक प्रतिस्प्रधा, माओवादीका गंगा कार्की फेरि अगाडी



काठमाडौं । दोलखामा जारी मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् । लामाबगर र भुषाफेदाको मतगणना सकिंदा कार्कीले १ हजार १९५ मत अन्तरले अग्रता लिएका हुन् ।

माओवादी केन्द्रका कार्कीले ३५ हजार ७९० मत पाउँदा एमालेका बालकृष्ण शिवाकोटीले ३४ हजार ५९५ मत पाएका छन् । भुषाफेदाको मत गणनाबाट कार्कीको पक्षमा १६०६ मत आउँदा शिवाकोटीले ३९६ मत पाएका थिए । यस्तै लामाबगरबाट कार्कीले २७५ र शिवाकोटीले २६० मत पाएका छन् ।

अब शैलुङ गाउँपालिकाको दूधपोखरी र मेलुङ गाउँपालिकाको पवटीको मतगणना जारी छ ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखाका १० क्षेत्रमा धाँधली भएको निष्कर्षसहित ती क्षेत्रमा मंसिर १५ गते पुन: निर्वाचन भएको थियो ।

प्रकाशित मिति : १९ मंसिर २०७९, सोमबार  ८ : २० बजे