पोखरा । स्याङ्जा २ मा एमालेसहितका दलहरूले पुनः मतदानको माग गरेका छन् । सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाउँदै एमाले उम्मेद्वार पद्या अर्यालले पुनः निर्वाचनको माग गरेकी हुन् । उनले संयुक्त रूपमा निर्वाचन आयोगमा पत्र बुझाएकी छिन् ।
गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मतदान गरेको आरोप एमालेले लगाएको छ । एमालेसहित राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्यालले पनि पुनः मतदान हुनुपर्ने माग राखेका छन् ।
चापाकोट नगरपालिकाका चारवटा बुथमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उनीहरूको आरोप छ । यो क्षेत्रमा कांग्रेसका धनराज गुरुङ उम्मेदवार छन् ।
प्रतिक्रिया